30.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ सुपर स्टार डम्फु मिडियाको प्रस्तुती तामाङ प्रेमगीत 'मायाला कसम' सार्वजनिक

तामाङ सुपर स्टार डम्फु मिडियाको प्रस्तुती तामाङ प्रेमगीत ‘मायाला कसम’ सार्वजनिक

२१ भाद्र २०७८

काठमाडौ । वार्षिक रुपमा धेरै भन्दा धेरै म्युजिक भिडियो उत्पादन गर्ने कम्पनिहरु मध्येको एक कम्पनि हो ‘तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि.’ । उक्त कम्पनिको प्रस्तुतिमा तामाङ प्रेम गीत ‘मायाला कसम’ सोमबार एक कार्यक्रमका बिच सार्वजिनक गरिएको छ ।

बौद्ध नयांवस्ती पाटीटारस्थीत ‘द बर्गर हाउसमा‘ नेपाल तामाङ कलाकार संघका अध्यक्ष, गायक तथा संगीतकार सञ्जीव वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन मार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल तामाङ कलाकार संघका महासचिव गायक तथा संगीतकार बिशाल काल्तान विशेष अतिथिको रुपमा थिए भने अतिथिका रुपमा कलाकार संघकै कोषाध्यक्ष सुवास मोक्तान, नायिका रञ्जिता ब्लोन, नायक सन्दिप स्याङतान, टुल्साङ मोक्तान लगायतका अन्य कलाकार हरुको साथमा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेका थिए ।

आज सार्वजनिक भएको तामाङ प्रेमगीत मायाला कसम बोलको गीतमा शब्द/संगीत बिशाल काल्तानको रहेको छ भने स्वर बिशाल काल्तानको साथमा जीतु लोप्चानको रहेको छ । गीतको एरेन्ज उर्गेन दोङले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियो तर्फ भने निर्देशन अमिर दोङको रहेको छ । प्रथम पटक भिडियोमा अभिनय गरेकी मिङ्मार तामाङले यस गीतमा अमिर दोङसंग अभिनय गरेको देख्न सकिनेछ । भिडियो छायांकन सुमन तामाङले गरेका हुन भने भिडियो कन्सेप्ट, दृश्य सम्पादन, रंग सम्पादन राजु लामाले गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गायक तथा संगीतकार बिशाल काल्तानले यो गीत समाज परिवर्तन, सन्देशमुलक भन्दा पनि बिलकुलै माया प्रेममा आधारित रहेको गीत भएको हुंदा यसमा कुनै पनि धर्म,संस्कृति तथा भेषभुषालाई नसमेटिएको हो भनेर व्यक्त गरेका थिए । आफुले चेतनामुलक, भाषा–धर्म संग सम्बन्धित गीतहरु धेरै सिर्जना गरिसकेको यध्यपी व्यवसायिक हिसावले प्रेमगीत तथा मनोरञ्जन दिने खालको गीत संख्यात्मक रुपमा अलि बढी भएको कुरा स्वीकार गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सञ्जीव वाईवाले भने त्यो बेलाको तामाङ गीतसंगीतको अवस्था र अहिलेको यो अवस्था तुलना गर्दा आकाश पातलको फरक रहेको कुरा व्यक्त गरेका थिए । उदाहरणिय रुपमा अहिले तामाङ गीतसंगीतको बजार व्यवसायिकता तर्फ लम्किरहेको देख्दा खुशी व्यक्त गरेका थिए । दिनानुदिन यसरी गीतहरु सार्वजनिक भैरहनु राम्रो कुरा हो तर तामाङ गीतसंगीतको बजारलाई केही व्यक्तिहरुले धमिल्याउने खालका,बिकृति फैल्याउने खालका दुश्प्रयास भैरहेको हुंदा नेपाल तामाङ कलाकार संघ सदैव त्यस्ता बिकृति बिसंगतीलाई रोकथाम गर्नेतर्फ लागिरहनेछ र यसमा पत्रकारहरुको पनि उत्तिकै भुमिका रहेको कुरा बताएका थिए ।

कार्यक्रमका अध्यक्षता ग्रहण गरिरहेका अमिर दोङले भने तामाङ कलाकारहरुमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले गर्दा पनि गीतसंगीतको बजारलाई असर पुगेको कुरा प्रस्ट पारेका थिए । संधै ह्याङ तामाङ घिक तादोला भन्दै आएका अमिर दोङले भने जत्ति घिक तादोला भनेर काराए पनि केही नहुने भयो फलानोको गीत यस्तो उस्तो मेरो मात्र राम्रो भन्ने खालका कुबिचार बोक्नेहरु सांच्चै नै तामाङ गीतसंगीत बजारको लागी भाईरस नै हुन भनेका थिए ।

गीत Damphu Media PVT.LTD. मार्फत सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्