30.1 C
Kathmandu

ब्रेकिङ समाचारवर्षापछिको बाढीका कारण काठमाडौंमा ३८२ घर डुबानमा

वर्षापछिको बाढीका कारण काठमाडौंमा ३८२ घर डुबानमा

२१ भाद्र २०७८
काठमाडौ
। आइतबार राति देखि परेको अविरल वर्षापछिको बाढीका कारण काठमाडौका धेरै स्थान डुबानमा परेका छन ।

बाढीका कारण ३ सय ८२ घर डुबानमा परेका छन् भने १ सय ३८ जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र, मुलपानी लगायतका बस्ती डुबानमा परेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्