18.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा पहिरोको कारण मोटर साईकल दुर्घटना, २ जना गम्भीर घाईते

काभ्रेमा पहिरोको कारण मोटर साईकल दुर्घटना, २ जना गम्भीर घाईते

१३ भाद्र २०७८/छेडुप तामाङ

काभ्रे । काभ्रेको रोशी गाउंपालिका अन्तर्गत बि.पी सडकखण्डमा पहिरोको कारण मोटर साइकल दुर्घटनामा परेको छ । दुर्घटनामा परि मोटर साइकलमा सवार दुई जना गम्भीर घाईते भएको छ । रातभरीको निरन्तर बर्षातको कारण आईतवार बिहान रोशी गाउंपालिका कटुन्जेको घुमउने भन्ने ठाउंमा सडक माथी बाट खसेको पहिरोमा परि मोटर साईकल दुर्घटनामा परेको हो ।

कटुन्जेको प्रहरी ईन्चार्ज बिमल श्रेष्ठका अनुसार आईतवार बिहान पहिरोबाट झरेको ढुङ्गाले लागेर ज ८ प ७४९० नम्वरको मोटर साईकलमा सवार घाईतेलाई सडकभन्दा तल खसेर ढुङ्गाले किचीरहेको अवस्थामा उद्धार गरी उपचारको लागी जिल्लास्थित धुलिखेल अस्पतामा पठाईएको छ । प्रहरीको अनुसार घाईते २ जना मध्ये एक जनाको अवस्था गम्भिर रहेको जानकारी दिइएको छ ।

घाईतेको पहिचान भने खुल्न सकिएको छैन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्