29.1 C
Kathmandu

ब्रेकिङ समाचारकांग्रेस क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न जिल्ला सभापतिहरूको माग

कांग्रेस क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न जिल्ला सभापतिहरूको माग

८ भाद्र २०७८
काभ्रे
। नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न माग गरेका छन । क्रियाशील सदस्यको नामावली सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरूले धर्ना दिने तयारी गरेका छन्।सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल गरेर सोमबार बेलुकी करिब १० बजे मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद हल गरिएको थियो।

पूर्वमहामन्त्री सिटौलाले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई क्रियाशीलबारेको प्रतिवेदन सोमबार बेलुकी नै हस्तान्तरण गरिसकेका छन्। अब क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद नरहेको दाबी उनीहरूको छ।

क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले करिब एक साता काम गरेका थिए। सहमतिमै उनीहरूले क्रियाशीलमा देखा परेका विवाद हल गरेका छन्।तर क्रियाशील सदस्यको विवरण पार्टीले सार्वजनिक नगरेपछि जिल्ला सभापतिहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन लागेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिन लागेका हुन्।

जिल्लाबाट सिफारिस गरेर पठाइएकाभन्दा धेरैलाई क्रियाशील सदस्यता दिइएको हुन सक्ने भन्दै उनीहरूले विवरण सार्वजनिक गर्न नेतृत्वको ध्यानाकर्षण गराउन धर्ना दिन लागेका हुन्।

सभापति देउवाले क्रियाशील सदस्यताको सूची अध्ययन गरेर निर्वाचन समितिलाई हस्तान्तरण गर्ने तयारी गरेका छन्। कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्दैछ। त्यसअगाडि नै वडामा क्रियाशीलको विवरण पुग्नुपर्ने हुन्छ।

एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि नै सभापति उठ्न पाउने र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा महाधिवेशन प्रतिनिधि जितेका व्यक्ति सभापति उठ्न पाउने व्यवस्था रहेकोले विभेदयुक्त नीति हटाउन उनीहरूको माग छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्