23.1 C
Kathmandu

ब्रेकिङ समाचारसादा पोसाकमा खटिने प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि

सादा पोसाकमा खटिने प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि

८ भाद्र २९७८
काभ्रै
। रौतहटमा सादा पोसाकमा खटिने प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषर्ध प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ ।

रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले बताए ।

पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनीले धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाईकलमा लागुऔषध राख्न लगाएको प्रहरीको छानबिनबाट थाहा भएको छ । सह–सचिव सहनी फरार छन् ।

लागुऔषध राखेपछि सञ्जयले असई यादव र जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको बताइएको छ । धीरज र जितेशविरुद्ध आपराधिक षड्यन्त्रसन्बन्धी कसुरमा कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो ।
मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ ।

तर, रौतहटका पत्रकारहरुले प्रहरीको छानविन फितलो भएको भन्दै प्रदेशस्तरको छानबिन समिति बनाएर घटनाको थप अनुसन्धान गर्न माग गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्