24.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानमा अध्ययनरत एक नेपाली बिद्यार्थीको निधन

जापानमा अध्ययनरत एक नेपाली बिद्यार्थीको निधन

15 August 2021/Kunga Woeser Tamang
Sendai,Japan-उच्च शिक्षा अध्ययन र रोजगारको शिलशिलामा आएका एक नेपाली युवा सुतेकै अवस्थमा चिर निन्द्रामा बिलिन हुन पुगेका छन।
करिब २ बर्ष अघि अध्ययनका लागि जापान आएका नेपाल महेन्द्रनगर घर भएका कुबेर धामी नाम गरेका युवा अगष्ट १४ शनिबारका दिन निधन भएको हो।
१३ तारिख सधैं काम गर्दै आएको फुजी फुड बेन्तो कम्पनीमा काम गरेर मध्यरात सकुशल फर्किएका धामी रातको करिब १ बजे सुतेको  संगै बस्दै आएका साथीहरुले बताएका छन।
सदा झैं बिहान ढिलोसम्म सुत्ने गरेका धामी शनिबार बिहान पनि निदाएको होला भनेर काममा गएका अन्य कोठामा संगै बस्ने दुईजना साथीहरू दिउॅंसो फर्कदा सम्म धामी सुतिरहेको पाएपछि ती दुई झस्किएका थिए।
आफुहरूले उठाउन खोज्दा हलचल नगरेपछि शरीर पनि चिसो भएको थहा पाएर प्रहरीलाई खबर गरेको संगै बस्दै आएका साथीहरूके भनाई छ।
प्रहरी आएर धामीको स्वस्थ्य अवस्था बारे परीक्षण गरी अस्पताल लगेपछि उनको पहिले नै निधन भईसकेको पुष्टी भएको थियो।
३१ बर्षीय धामी सन् २०१९ अप्रिलमा जापान प्रबेश गरेको थिए। धामी सेन्दाई स्थित खान्क्यु भाषा बिद्यालयमा भाषा बिद्यार्थीको रूपमा आएर हाल मारूची सेन्मोन बिद्यालयमा अध्ययनरत थिए।
शनिबार सांझसम्ममा प्रहरीले धामीको शव नियन्त्रणमा लिई उनी अध्ययनरत बिद्यालयको समन्वयमा पोष्ट मार्टम लगायतको काम गरिरहेको कुरा धामीका संगै बस्दै आएका साथीहरूले बताएका छन।
प्रारम्भिक रूपमा धामीको निधन हृदयघातका कारण भएको ठानिएको छ  ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्