23.1 C
Kathmandu

ब्रेकिङ समाचारसंसद विघटनमा ओली मात्रै जिम्मेवार होइनन्: नारायणकाजी श्रेष्ठ

संसद विघटनमा ओली मात्रै जिम्मेवार होइनन्: नारायणकाजी श्रेष्ठ

२० साउन २०७८

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्