17.1 C
Kathmandu

ब्रेकिङ समाचारएमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी

१९ साउन २०७८

काठमाडौ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ताको तयारी गरिएको छ । एमाले भित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप मङ्गलबार दुई नृता बीच भेटवार्ताको तयारी गरिएको हो ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गर्ने कार्यक्रम तय भए पनि समय र स्थान भने तय नभइसकेको नेकपा एमाले निकट श्रोतले जानकारी दिएको छ ।

ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति खुलेर आलोचना गर्दै आएका छन । विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि प्रयास जारी राखेका छन् । दोस्रो तहका नेताहरू कै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाही अघि बढाएको छैन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्