30.1 C
Kathmandu

ब्रेकिङ समाचारहेरुका लामाद्वारा निर्देशित सशिकला मोक्तानको "हल्का हल्का" बजारमा सार्बजनिक(भिडियो सहित)

हेरुका लामाद्वारा निर्देशित सशिकला मोक्तानको “हल्का हल्का” बजारमा सार्बजनिक(भिडियो सहित)

१८ असार २०७८

काठमाडौ । सोमबार चर्चित गायिका सशिकला मोक्तानको सुमधुर स्वरमा नयाँ गीत “हल्का हल्का” म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोमबार बौद्ध स्थित म:म प्लाजामा नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवं वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बिच हल्का हल्का बोलको गीतको म्युजिक भिडियो बिमोचन गरेका हुन ।

सोमबार सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा नेपाल चलचित्र द्वन्द कलाकार संघ तथा नेपाल ब्यायम मन्दिरका अध्यक्ष नारायण प्रधान र नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवं गायक तथा संगीतकार सन्जिव वाईबा विशेष अतिथिको रुपमा उपस्थित थिए भने अतिथिको रुपमा नेपाल तामाङ कलाकार संघका बरिस्ठ उपाध्यक्ष विश्व दोङ,तामाङ सुपर स्टार डम्फू मिडियाका संचालक एवं नायक तथा निर्देशक अमिर दोङ, नेपाल तामाङ कलाकार संघका कोषाध्यक्ष सुबास मोक्तान, नायक सन्दिप स्याङ्तान लगायत अन्य थुप्रै कलाकार तथा व्यवसायीहरुको उपस्थिति रहेका थिए ।

मिनसागर लामाको शब्द रचनामा चर्चित गायिका सशिकला मोक्तानको सुमधुर आवाज रहेको “हल्का हल्का”मा बरिस्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको सङ्गीत रहेको छ । द्वन्द निर्देशक हुँदै नृत्य निर्देशक तथा मोडलको रुपमा स्थापित कलाकार हेरुका लामाको निर्देशन तथा कोरियोग्राफिमा सबु गोले, बसन्ती लामा ब्लोन र संजय थापाको अभिनय हेर्न सकिनेछ भने अतिथि कलाकारको रुपमा निर्देशकद्वय हेरुका लामा र राजु दोङ तामाङ भुडियोमा देख्न सकिनेछ ।
“हल्का हल्का”मा लाहुरे घर छोडेर हिंडेपछी लाहुरेको श्रीमतीलाई गाउँका युवाले गलत नजर लगाएर पछि लाग्ने खालका समाजमा घटिरहेका घटनालाई समेत उजागर गरेर मनोरन्जनात्मक नृत्य मात्र नभई संजय थापाको हांस्यास्पद दृश्य समेत हेर्न पाउंदा कार्यक्रममा उपस्थित सबैले भरपुर मनोरन्जन समेत लिएका थिए ।


कार्यक्रमको अध्यक्षता हेरुका लामाले गरेका थिए भने स्वागत मन्तब्य सशिकला मोक्तानले राखेका थिए ।


कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथी,बिशिस्ट अतिथि र प्रमुख अतिथिले मन्तब्य राख्ने क्रममा गीतको सिङ्गो टिमलाई बधाईको साथ सफलताको शुभकामना दिएका थिए भने “हल्का हल्का” का शब्दरचनाकार मीन सागर लामाले मन्तब्यको क्रममा बोलेको केही केही शब्दलाई भने पत्रकारबन्दुहरुले कोड गरेर एक आपसमा हेराहेर गरेका थिए । मीन सागर लामाले बोल्ने क्रममा भने ” कार्यक्रममा बोल्ने बेलामा होस पुर्याएर बोल्नु, एकनास तामाङ-तामाङ भन्ने शब्दले तामाङ कलाकारहरुलाई एउटै समुदायभित्र खुम्च्याउने प्रयास भएको हुंदा अब तामाङ कलाकार होइन कलाकार मात्र भन्ने गर्नुहोस ।” उनले यत्ती मात्र भनेन बोल्ने बेलामा होस गरेर बोल्नुहोस बोलेको शब्दले कलाकारलाई सांघुरो दायरामा राख्ने काम भएको छ ।” उनले अझै थपे कलाकारको कुनै भाषा, धर्म, संस्कृती हुंदैन ।”


कार्यक्रम आयोजक एवं “हल्का हल्का” को टिम भएपनी कार्यक्रमको अतिथिको रुपमा आशनग्रहण गरेका मीन सागर लामाको मन्तब्य सुनेर पत्रकार मिलन दोङ तामाङले भने गीत जुन सुकै भाषाको गाए पनि तामाङ समुदायको कलाकारलाई तामाङ कलाकार भन्न पाउनुपर्नेमा जोड गर्दै तामाङ हुनु र तामाङ भन्न पाउनुमा खुशी हुनु पर्ने कुरा व्यक्त गरेका थिए ।


यसै क्रममा कार्यक्रम संचालकको रुपमा रहेका छेडुप तामाङले अहिले खेतबारिमा ट्याक्टर लगाएर जोते पनि हाम्रो मौलिक कृषी औजार हलो र जुवा भुल्न हुन्न, समयानुकुल शहरमा आरमदायी सोफा,डाईनिङ टेबलमा बसेर खाने बानी पर्यो भन्दैमा गाउँमा आमाले मकैको खोस्टा र परालले बुनेको मौलिक चकटी र गुन्द्री भुल्न नहुने कुरा व्यक्त गर्दै तामाङ-तामङ भन्ने शन्द बोल्ने कुरामा होस पुर्याउनु भन्ने मीन सागरको भनाईलाई इङ्गित गरेका थिए ।


कार्यक्रम समापन पश्चात् पनि पत्रकारको टोलिले भने तामाङ समुदायबाट माथी उठेर कुनै पनि भाषाको गीत लेख्ने गाउने कलाकारले म तामाङ हुं म तामाङ कलाकार हुं भनेर भन्न हिच्किचाउनु भनेको लज्जास्पदको कुरा रहेको भन्ने तर्क गर्दै थिए ।

गीत Heruka Lama नामक youtube channel बाट सार्बजिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्