16.8 C
Kathmandu

ब्रेकिङ समाचारकांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले उपसमितिको कार्यकाल १८ महिना माग

कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले उपसमितिको कार्यकाल १८ महिना माग

१८ साउन २०७८

काठमाडौ । आइतबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारुढ नेपाली कांग्रेस भित्र बिवाद देखिएको छ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले उपसमिति बनाउन माग राख्दै संयोजक र कार्यकाल पनि आफैंले तोकिदिए ।

जब समितिकी सभापति पवित्रा निरौला खरेलले उनको प्रस्तावलाई स्वीकार गरिनन्, कांग्रेस सांसद राजभण्डारीले ‘सत्तापक्षले भनिसक्यो’ भन्दै हप्कीदप्की समेत गरेका छन् । राजभण्डारीको व्यवहारलाई अन्य सांसदले भने संसदीय मर्यादा विपरीतको गतिविधि भनेका छन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विविध शीर्षकमा छलफल भइरहेको थियो । सत्तारुढ कांग्रेसका सांसद राजभण्डारीले आफूले नेतृत्व गर्दै आएको समूहलाई उपसमितिमा परिवर्तन गरिदिन र संसदको बाँकी कार्यकाल १८ महिनासम्म रहने गरी कार्यकाल तोकिदिन सभापतिसमक्ष प्रस्ताव गरे ।

समितिले ३० फागुन २०७६ मा विभिन्न ८ समुह गठन गरेको थियो, जसमध्ये नागरिक उड्यन, यूरोपेली मुलुकहरु र इजलायल हेर्ने समूहको नेतृत्व सांसद राजभण्डारीले गरेका थिए । अब यो समूहलाई उपसमिति बनाएर ‘युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा राखेको विषयमा अध्ययन गर्ने र सुझाव सहितको प्रतिवेदन दिने’ नाम राख्नुपर्ने उनको प्रस्ताव थियो । साथै उपसमितिको कार्यकाल यो संसद रहँदासम्म हुनुपर्ने बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्