21.1 C
Kathmandu

ब्रेकिङ समाचारमाओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित

१८ साउन २०७८

काठमाडौ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्