29.1 C
Kathmandu

ब्रेकिङ समाचारमेलम्चीमा फेरि बाढी, रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो

मेलम्चीमा फेरि बाढी, रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो

१७ साउन २०७८

काठमाडौ । मेलम्चीमा शनिबार रातिदेखि फेरि बाढी आएको छ । बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ भने चनौटेको रातो पुल समेत बगाएको छ ।

गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो भने त्यतिबेला बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । यो पटक भने राति १२ः४० मा रेडियो मेलम्चीको भवन ढलेर बगाएको अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिएका हुन् ।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्