26.1 C
Kathmandu

ब्रेकिङ समाचारयुद्ध लामा ब्लोन र पुष्पान्जली लोप्चान अभिनित ‘२२ तले धरहरा’ लोकार्पण

युद्ध लामा ब्लोन र पुष्पान्जली लोप्चान अभिनित ‘२२ तले धरहरा’ लोकार्पण

१५ साउन २०७८/छेडुप तामाङ

काठमाडौ । २०७२ सालको महाबिनासकारी भूकम्पबाट ढलेको धरहरा पुन:निर्माण भएसंगै सामाजिक संजालमा यसको चर्चा परिचर्चा हुनथालेका छ्न । यसै क्रममा पुन:निर्मित २२ तले धरहरासंग सम्बन्धित बोलको एउटा तामाङ सेलो गीत सार्बजनिक गरिएको छ ।


शुक्रवार काठमाडौ जोरपाटी स्थित बुद्धलिङ कला केन्द्रको हलमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको उक्त गीतमा धिरज लोप्चान र विशाल दोङको शब्द रचना रहेकोछ । च्वाईस दोङ्को सङ्गीत रहेको ‘२२ तले धरहरा’ बोलको तामाङ सेलो गीतमा संगीतकारद्वय च्वाईस दोङ र रन्जिता घिसिङको आवाज रहेको छ ।


युद्ध लामा ब्लोनको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा युद्ध लामा ब्लोनको साथमा पुष्पान्जली लोप्चानको नृत्य तथा अभिनय हेर्न सकिने छ । गीतको मिक्सिङ मास्टर दिपेश प्रधान रहेको छ भने एरेन्ज जोगलाल लामाको रहेको छ ।


तामाङ चलचित्र जगतको महानायकको रुपमा सुपरिचित अमिर दोङको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन बुद्धलिङ कला केन्द्रका संचालक/नृत्य निर्देशक तथा मोडल युद्ध लामा ब्लोनको अध्यक्षतामा सम्पन्न भएको हो ।


कार्यक्रममा विशेष अतिथिको रुपमा मिक्सिङ मास्टर दिपेश प्रधान रहेका थिए भने अतिथिको रुपमा तामाङ समुदायको विभिन्न कलाकार तथा व्यबसायीहरुको समेत उपस्थिति रहेका थिए ।


उक्त गीतको सिङ्गो टिमको अनुसार २२ तले धरहरा सन्देशमुलक गीत भन्दा पनि मनोरन्जनात्मक गीत रहेको कुरा व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित पत्राकारहरुको नेतृत्व गर्दै सारा खबरका संचालक मिलन लामा दोङले ‘२२ तले धरहरा’ बोलको गीतको भिडियो हेर्दा एक पटक पनि धरहराको कुनै फोटो र भिडियो देख्न नपाएकोमा दुखेसो पोखेका थिए भने गीतको सिङ्गो टिमलाई शुभकामना तथा बधाई दिदै भिडियो क्वालिटी देखि नृत्यको खुलेर प्रसंशा गरेका थिए ।


प्रमुख अतिथि अमिर दोङले भने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अहिले तामाङ समुदायको कलाकारहरुमा एकरुपता नरहेको र एकले अर्काको खुट्टा तान्ने/कुरा काट्ने समस्या रहेकोले तामाङ गीतसंगीतले भनेजस्तो सफल्ता हांसिल गर्न नसकेको कुरा व्यक्त गर्दै ह्याङ तामाङ घि ततोला भन्ने सन्देशका साथ अबका दिनमा जो जत्ती कलाकारहरु छ्न सबै एक जुट भएर तामाङ समुदायलाई गीतसंगीत र चलचित्र मार्फत माथी उठाउने कुरामा जोड दिएका थिए ।


सभाध्यक्ष/निर्देशक तथा मोडल युद्ध लामा ब्लोनले भने अन्तमा कार्यक्रम बिसर्जन गर्ने क्रममा पत्रकारले उठाएको प्रश्नलाई जवाफ दिदै भिडियो निर्माण गर्ने क्रममा कन्सेप्ट बनाउंदा धरहराको पनि भिडियो देखाउने तयारी भएको र ९ मिनेटको भिडियोमा एउटा जोडिले बर्गर हाउसमा खाजा खाने धरहरा घुम्न जाने लगायतका धेरै कुरहरुको योजना बनाएको तर घुम्न गैसकेको असस्था नरहेको हुंदा जहाँ जहाँ जाने भनेर योजना बनाएको त्यहीँ त्यहीँ ठाउको भिडियो भने सिमित समयसिमा भित्र अटाउन नसकेको कुरा स्विकार्दै सिङ्गो टिमको मिहनतले ‘२२ तले धरहरा’ तयार गरेको हुंदा यसलाई सफल पार्ने या बिफल पार्ने जिम्मा सम्पुर्ण भगवानरुपी दर्शकहरुको हातमा रहेको कुरा व्यक्त गरेका थिए ।


‘२२ तले धरहरा’ बोलको म्युजिक भिडियो लोकार्पण कार्यक्रम नमोबुद्ध न्यूजका संचाल छेडुप दोङ तामाङले संचालन गरेका थिए ।


गीतको म्युजिक भिडियो Buddhaling media production youtub channel मार्फत सार्बजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्