28.1 C
Kathmandu

ब्रेकिङ समाचारपार्टीको विवादबारे चाँडै छिनोफानो लगाउन ओलीको निर्देशन

पार्टीको विवादबारे चाँडै छिनोफानो लगाउन ओलीको निर्देशन

१५ साउन २०७८

काठमाडौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिट्टै पार्टीको विवादको छिनोफानो लगाउन निर्देशन दिएका छन्। विघटित कार्यदलका आफू पक्षीय नेतालाई ओलीले यस्तो विवादमा धेरै समय अलमलिन नहुनेसमेत बताएका हुन्।

पार्टी सधैँ एउटै कुरालाई लिएर अलमलिन सक्दैन। पार्टीले आफ्ना गतिविधि गर्नुपर्ने हुन्छ, एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने । अध्यक्षले पार्टी एकताका लागि प्रयास गरिरहेका नेताहरूलाई छिट्टै विवादको टुंगो लगाउन निर्देशन दिनुभएको छ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्ण रिमाल, शंकर पोखरेल र प्रदीप ज्ञवाली थिए । वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका थिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्