29.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करले पैदल यात्रुको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करले पैदल यात्रुको मृत्यु

१५ साउन २०७८

काठमाडौ । काठमाडौंको गोकर्णेश्वरमा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए ।

जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले पैदल यात्रुलाई ठक्कर दिएको हो । दुर्घटनामा रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ।

दुर्घटनालगत्तै उनलाई प्रहरीले उपचारका लागि एनएमसी अस्पताल पुर्‍याएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। पैदलयात्री सडक छेउबाट हिँडेको र चालकको लापरबाहीको कारण दुर्घटना भएको प्रहरी निरीक्षक खड्काले भने ।

प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। चालकको नाम खुलेको छैन । दुर्घटनापछि स्थानीयले ट्रकको सिसा फुटाएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्