22.1 C
Kathmandu

ब्रेकिङ समाचारऊर्जामन्त्री भुसालले भने झैं २० युनिटसम्म बिजुली निःशुल्क पाउंलन त

ऊर्जामन्त्री भुसालले भने झैं २० युनिटसम्म बिजुली निःशुल्क पाउंलन त

१४ साउन २०७८

काठमाडौ । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाले बिहीबार गरेको सम्मान कार्यक्रममा बोल्दै ऊर्जामन्त्री भुसालले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताएकी हुन्।

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक भएको बताइन्।

आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिएकी छन्। उनले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी रहेको बताएकी छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्