20.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली कांग्रेसको महाधिवेशन अन्योलमा : कांग्रेस नेता कार्यकर्तामा गहिरो चिन्ता

नेपाली कांग्रेसको महाधिवेशन अन्योलमा : कांग्रेस नेता कार्यकर्तामा गहिरो चिन्ता

१४ साउन २०७८

काठमाडौ । नेपाली कांग्रेसको भदौं १६ देखि १९ गतेका लागि तय भएको १४औं महाधिवेशन अन्योलमा परेको छ। तोकिएकै समयमा महाधिवेशन हुन नसक्ने अध्यक्ष पदका प्रत्यासी नेताले खुलासा गर्न थालेका छन्।

अध्यक्षका प्रत्यासी डा. शेखर कोइरालाले समयसीमा भित्र केन्द्रीय महाधिवेशन सम्पन्न हुने कुरामा शंका बढेको बताएका छन्। कोइरालाले बिहीबार महाधिवेशनको अन्योलताले पार्टीको सम्पूर्ण साथीमा गहिरो चिन्ता छाएको समेत बताए।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया जारी छ। तर, पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन’, कोइरालाले भनेका छन्, ‘यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा शंका बढेको छ।’

कोइरालाले संविधानतः आगामी भदौ २३ गते पार्टीको वैधानिकता समाप्त हुने कुरालाई कसैले बिर्सनु नहुनेमा जोड दिएका छन्। उनले पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी भएको भन्दै आपत्ति जनाए। पदाधिकारी र पूर्व पदाधिकारीको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने कस्तो चाला हो ? भन्दै प्रश्न गरेका छन्।

पार्टीका नेता तथा कार्यकर्ताको चाहना अनुसार संवैधानिक सीमाभित्र महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढी सक्नु पर्नेमा उनले जोड दिएका छन्। समयमा प्रक्रिया अगाडि नबढे कांग्रेसले वैधानिकता गुमाउने उनको तर्क छ।

लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने पार्टीको महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न नसके नेताहरु नाजवाफ हुने उनको भनाइ छ। उनले पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गर्नसमेत माग गरेका छन्।

संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन ? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ?, संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन, कोइरालाले फेसबुकमा लेखेका छन्, लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने ? तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ।

यता पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने महाधिवेशन तोकिएकै समयमा भएर छाड्ने दाबी गरेका छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्