23.1 C
Kathmandu

ब्रेकिङ समाचारकांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

१२ साउन २०७८


काठमाडौ
। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बोलाइएको छ ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि निर्धारण गरिएको छ । त्यसअघि साउन १२ गतेदेखि गाउँ र नगरका वडा तहको अधिवेशन गर्ने भनिए पनि हाललाई यो कार्यतालिका स्थगित गरिएको छ । आजको बैठकमा नयाँ कार्यतालिकाबारेसमेत छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्