५ असार २०७८
काठमाडौ । गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मावलम्वीहरुले मनाउने चाड बक्र इद अजहा को अवसरमा २०७८ साउन ६ गते बुधबार नेपालको सबै सरकारी कार्यलयहरु, निकायहरु र बिदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णयानुसार गृहमन्त्रालयबाट सूचना सार्वजनिक गरिएको छ ।
गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरिएसंगै बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुले समेत कार्यलय बन्द रहेको सूचना सार्वजनिक गरेका छन् ।
