27.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने

नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने

५ असार २०७८

काठमाठौ । नेकपा एमालेको माधव कुमार नेतृत्वको समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाए पछि गठबन्धनमा सहभागी राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।

प्रचण्डसँगको भेटमा भने नेता नेपालले साझा कार्यक्रम बनाएर सरकार सञ्चालन र सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने बताए पनि आफू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था नरहेको जवाफ दिएको नेपाल निकट स्रोतले जनाएको छ ।

माधव नेपाल निकट एमाले नेता डा.विजय पौडेलले पनि आफ्नो समूह तत्काल सरकारमा सहभागी हुन सम्भावना नरहेको प्रतिक्रिया दिए । उनले आफ्नो समूहले संसद् जोगाउन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरे पनि अहिले नै सरकारमा जान सक्ने अवस्था नरहेको बताए ।

‘तत्काल सरकारमा जान कि एमालेले सिफारिस गर्नुपर्‍यो कि नयाँ दल बन्नुपर्यो । अहिले त्यो कुनै सम्भावना छैन’, पौडेलले भने, ‘प्रधानमन्त्री देउवाले केही दिनमा काँग्रेस माओवादी र जसपाको उपेन्द्र पक्षलाई समेटेर क्याबिनेट विस्तार गर्न सक्नुहुनेछ ।’

उनले एमाले एकताका विरुद्ध अध्यक्ष केपी ओलीले बार लगाएको भन्दै नेपाल समूहले नयाँ पार्टी बनाएर जानुपर्ने बाध्यता रहेको सुनाए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्