23.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रतिनिधि सभा पुनःस्थापनापछि पहिलो बैठक आज बस्दै, देउवाले विश्वासको मत आजै लिने

प्रतिनिधि सभा पुनःस्थापनापछि पहिलो बैठक आज बस्दै, देउवाले विश्वासको मत आजै लिने

३ साउन २०७८

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे तयारी रहेको छ भने आज नै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्