25.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेका गुन्डा नाइकेको रुपमा चिनिएका सत्यमान लामा बैंकिङ कसुरमा पक्राउ

काभ्रेका गुन्डा नाइकेको रुपमा चिनिएका सत्यमान लामा बैंकिङ कसुरमा पक्राउ

३१ असार २०७८

काठमाडौ ।काभ्रेका ‘गुण्डा नाइके’ भनेर चर्चा पाएका सत्यमान लामालाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । लामा बैंकिङ कसुर मुद्दामा प्रहरीको फरार सूचीमा थिए ।

तेमाल गाउँपालिका वडा नं. ६ पर्सेल घर भएका लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले आज रोशी गाउँपालिका स्थित कटुञ्जेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।

कार्यालयका अनुसार लामाले धेरै व्यक्तिलाई रकम नभएको चेक दिई ठगी गर्दै आएका थिए । २०७७ साल माघ २० गते लामाले रामकुमार थापा क्षेत्रीको नाममा काटेको ७० लाखको चेक बाउन्स भएको थियो भने सुरज सापकोटाको नाममा काटेको २२ लाखको चेक पनि बाउन्स भएको थियो। चेक बाउन्स भएपछि सापकोटाले महानगरीय प्रहरी बृत्त कमलपोखरी र क्षेत्रीले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामाविरुद्ध चेक बाउन्सको उजुरी दिएका थिए ।

उच्च अदालत पाटनले लामाविरुद्ध पक्राउपूर्जी जारी गरेपछि लामा फरार भएको प्रहरीले जनाएको छ । बैंकिङ कसुर मुद्दाका फरार लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले खोजी गर्दै आएको थियो ।

खोजी गर्ने क्रममा लामालाई प्रहरीले आज दिउँसो २ बजे काभ्रेको रोशी गाउँपालिका कटुन्जेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खतिवडाले बताए । उनका अनुसार लामालाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाई उनीविरुरुद्ध काठमाडौं प्रहरीले मुद्दा चलाउने बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्