18.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली काँग्रेसको असन्तुष्ट कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना

नेपाली काँग्रेसको असन्तुष्ट कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना

३१ असार २०७८

काठमाडौ । नेपाली कांग्रेस भित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् । काँग्रेसको १४ औ महाधिवेशनको मिति तय भैसकेको छ । महाधिवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय भने जटिल बन्दै गएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशील सदस्यता वितरण भएको धाँधली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दाबी सहित निर्णय सच्याउन माग गरेका छन् ।

धनुषाका पुर्व सांसद डाक्टर चन्द्र मोहन यादवले लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृजना हुनु विडम्बनापूर्ण भएको बताए । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नया क्रियाशिल सदस्यता थप्ने काम भएको भन्दै त्यो नसच्चिए सम्म आफुहरु पार्टी कार्यालयमा धर्ना बस्ने बताए ।

क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रणाली ठिक नभएको भन्दै अन्य थुप्रै जिल्लाका नेता कार्यकर्ताहरुले असन्तुस्टि जनाउंदै आएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्