20.1 C
Kathmandu

ब्रेकिङ समाचारओलीले बोलाए एमाले संसदीय दलको बैठक

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

३१ असार २०७८

काठमाडौ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो ।

गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

ओलीले शुक्रबारको बैठकमा ओलीले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने सांसदहरुलाई कारवाही गर्ने सम्भावना रहेको एमाले नेताहरुले बताएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्