23.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे

३० असार २०७८

काठमाडौ । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । विहान ९ बजेबाट नेपालनिवास कोटेश्वरमा गौतम र नेपालबीच छलफल भइरहेको जानकारी आएको हो ।

मंगलबार स्थगित एमाले स्थायी कमिटी बैठक बोलाउने ओलीको तयारी छ । यसअघि नेपाल पक्ष बिनाको केन्द्रीय कमिटीमा सहभागी भएका गौतम पछिल्ला समय बैठकमा आएको थिएन ।

यस्तै नेपाल पक्ष भने एमाले ब्यूँतिएपछि बैठकमा सहभागी भएको छ । आइतबार एमाले कार्यदलले पार्टी एकताको आधार तयार पार्दै १० बुँदे सहमति गरेको छ । त्यसको कार्यान्वयनका लागि ओली र नेपालबीच भेटवार्ताको पनि तयारी भइरहेको बुझिएको छ भने आजको भेटमा गौतम र नेपालबीच एकताका सन्दर्भका छलफल भइरहको स्रोतको भनाइ छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्