23.1 C
Kathmandu

ब्रेकिङ समाचारदेउवालाई प्रधानमन्त्री नियुक्त साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम

देउवालाई प्रधानमन्त्री नियुक्त साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम

२९ असार २०७८

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्