18.1 C
Kathmandu

ब्रेकिङ समाचारअदालतको निर्णय विश्वमै नभएको घटनाः केपी शर्मा ओली

अदालतको निर्णय विश्वमै नभएको घटनाः केपी शर्मा ओली

२९ असार २०७८

काठमाडौ । विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई हटाउँदै नयाँ नियुक्ति गरेको ओलीले बताए । अदालतको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका उनले फैसला स्वीकार भने गर्ने बताए ।

‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो गजब छ’,उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो,प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’

यो फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ । आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनासो छ । ‘एमालेको सरकार ढलाइयो,यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम र्गयो । विकासको पक्षमा काम र्गयो । जनतालाई राहत सुविधा र्पुयाउने,अधिकार सम्पन्न बनाउने कुरामा काम र्गयो । यी दिशामा धेरै काम र्गयो । अरू त कुनै कारण छैन। ’ उनले भने ।

ओलीले संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति पनि असन्तुष्टि जनाए ।

ओलीले उपधारा ५ बमोजिम सरकार बनाउन दलीय ह्वीप नलाग्ने संवैधानिक इजलासको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्