16.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली कांग्रेस पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै

नेपाली कांग्रेस पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै

२५ असार २०७८

काठमाडौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुन लागेको छ । कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्नेबारे शुक्रबार अपराह्न चार बजे छलफल हुने भएको हो ।

महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटा मात्रै उम्मेदवार तय गर्ने प्रयासस्वरुप आजको छलफल बोलाइएको पौडेल समूहका एक नेताले बताए । पौडेल समूहका नेता अर्जुननरसिंह केसीको पहलमा सभापतिका सबै आकांक्षीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागिएको हो ।पौडेल समूहबाट आधा दर्जन नेतृत्वका आकांक्षी छन् । बरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा दावी गरेका छन् । त्यस्तै पूर्वसहमहामन्त्री केसी र डा. रामशरण महतले सभापतिमा आकांक्षा राखेका छन् ।

कांग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दावी गरेका छन् । तेस्रो समूहका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा उठ्ने बताइसकेका छन् ।

काठमाडौ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्