20.1 C
Kathmandu

ब्रेकिङ समाचारबुधबार अध्यक्ष ओली र नेता माधव नेपालबीच सहमति हुन नसकेपछि एमाले कार्यदल...

बुधबार अध्यक्ष ओली र नेता माधव नेपालबीच सहमति हुन नसकेपछि एमाले कार्यदल बैठक आज पनि निरन्तर

२४ असार २०७८

काठमाडौ । बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसके पछि नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले विहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताएका हुन् । उनले बुधबार साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताएका छन् । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ । हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ । हिजो नेताबीचको कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि त्यसको कुनै अर्थ छैन । हाम्रो सहमति जुटाउने प्रयासको स्प्रीड घटेको छैन,’ उनले भने ।

मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए ।

उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्