17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा बोलेरो गाडी दुर्घटना, चालक र सहचालक गम्भीर अवस्थामा उद्वार

काभ्रेमा बोलेरो गाडी दुर्घटना, चालक र सहचालक गम्भीर अवस्थामा उद्वार

२३ असार २०७८/छेडुप तामाङ

काठमाडौ । काभ्रेको बिपी राजमार्ग सडक खण्डमा मंगलवार बिहान बोलेरो गाडी दुर्घटना भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं २ स्थित बुच्चाकोट सेल्फी डांडाको घुम्ती नजिकै आज बिहान करिब ४ बजेको समयमा दुर्घटना भएको भकुन्डे बेशीको प्रहरी इन्चार्ज सुजन कुरुङजुले नमोबुद्ध न्यूजलाई जानकारी दिएको हो ।

बर्दिबासबाट १०१ क्रेट आँप बोकेर काठमाडौ तर्फ आउँदै गरेको लु.अ.अ.५८५५ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा सडकबाट अन्दाजी २ सय मिटर तल भिरमा खसेको हो । प्रहरीको अनुसार दुर्घटनामा परि सवारी चालक र सहचालक गम्भीर अवस्थामा उद्वार गरेको छ ।

गाडी अत्यन्तै अप्ठ्यारो भिरमा पुगेर अड्किएको हुंदा उद्वारमा निक्कै कष्ट भएता पनि काभ्रे भकुण्डे बेशीको मेजरसहितको नेपाली आर्मीको टोली सहित भकुण्डे चौकि तथा काभ्रे भन्झ्याङ्का प्रहरी टोलीको अथाह प्रयासमा घाइतेको जिवितै उद्वार गर्न सफल भएको प्रहरी इन्चार्ज कुरुङजुले बताएको छ ।

दुर्घटनामा घाइते हुनेमा सहचालक सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को राम ब.नेपाली र चालक मेघराज श्रेष्ठ रहेका छन ।

घाइते दुवै जनाको जिल्ला हस्पताल धुलिखेलमा उपचार भैरहेको छ । चालकको उपचारपश्चात होस आएको छ भने सह चालकको अवस्था अझै गम्भीर रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्