30.1 C
Kathmandu

ब्रेकिङ समाचारकांग्रेसको पदाधिकारी बैठक स्थगित, भोलि बस्ने

कांग्रेसको पदाधिकारी बैठक स्थगित, भोलि बस्ने

१७ असार २०७८
काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे बस्ने तय भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए।

बैठकका लागि तयारी नपुगेको र नेताहरू पनि व्यस्त रहेकोले भोलिसम्मका लागि बैठक स्थगित भएको छ।सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीका लागि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका थिए। कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवाद छ।

अहिलेसम्म ८ लाख ३० हजार क्रियाशील सदस्यता वितरण गर्दा ५ हजार उजुरी परेका छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्