21.1 C
Kathmandu

ब्रेकिङ समाचारराउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन युवा थुनामा

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन युवा थुनामा

१७ असार २०७८
काठमाडौ
। राउटे समुदायका युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गर्ने तीनजना युवालाई बुधबार कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यहार गर्ने तीनजना युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला अदालत सुर्खेतका अनुसार राउटे युवतीमाथि यौन दुव्र्यवहारका आरोपित चोमन भन्ने चौमनबहादुर घर्ती, भुपेन्द्र बुढामगर र मिलन भन्ने मनबहादुर पुनलाई कारागार चलान गरिएको हो । उनीहरुलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी अपराध मुद्दामा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको थियो । ती युवाहरुले राउटे समुदायका दुई युवतीलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदाय हाल सल्यानको कालिमाटी गाउँपालिका–४ काल्व्ये स्थित किसान सामुदायिक वनमा बस्दै आएको ।

तपाईंको प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्