18.1 C
Kathmandu

ब्रेकिङ समाचारपूर्वमाओवादी नेतासहित आठजनालाई स्थायी कमिटीमा थप (नामवली सहित)

पूर्वमाओवादी नेतासहित आठजनालाई स्थायी कमिटीमा थप (नामवली सहित)

१६ असार २०७८
काठमाडौ ।
नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ । पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।

दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको छ ।बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए । महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्