30.1 C
Kathmandu

ब्रेकिङ समाचारभारतबाट कार चोरी गरेर नेपालमा बिक्री गर्ने दुई जना पक्राउ, नक्कली ब्लुबुकसमेत...

भारतबाट कार चोरी गरेर नेपालमा बिक्री गर्ने दुई जना पक्राउ, नक्कली ब्लुबुकसमेत बनाएको खुलासा

१५ असार २०७८
काठमाडौ
। भारतबाट कार चोरी गरि नेपालमा ल्याई बिक्री गरेको आरोमा प्रहरीले दुई जानालाई पक्राउ गरेका छन् । । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन ।

कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो । एसएसपीका अनुसार उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्