19.1 C
Kathmandu

ब्रेकिङ समाचारअव्यवस्थित क्रसरका कारण बस्ती जोखिममा, वि.पी. राजमार्ग अबरुद्ध, कृषकको खेत बगर !

अव्यवस्थित क्रसरका कारण बस्ती जोखिममा, वि.पी. राजमार्ग अबरुद्ध, कृषकको खेत बगर !

१४ असार २०७८/छेडुप तामाङ
धुलिखेल
। काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ लास्कोट बेशीमा अव्यवस्थित रुपमा सञ्चालित क्रसर उद्योगका कारण आसपासमा रहेको बस्ति नै जोखिममा परेको छ । लास्कोट बेशीमा सञ्चालनमा रहेको श्री पशुपति रोडा तथा ढुंगा उद्योग प्रा.ली. ले स्थानियको पटक पटकको अनुरोधलाई इन्कार गर्दै खहरे खोला नै पुर्ण रुपमा थुनिएर जथाभावि डस्ट तथा माटो अर्थात अनुपयोगी बस्तु थुपारेर राखे पश्चात बर्षातको समयमा थोरै पानी पर्दा समेत उक्त बस्तु भलसंगै लेदोको रुपमा बगेर आई राजमार्ग प्राय जसो अवरुद्ध हुने गरेको स्थानियहरुले बताएका छन् ।

खहरे खोलाको खोंच नै भरिने गरि थुपारेको माटो अर्थात डस्ट भलसंगै सडकमा आएर थुप्रे पश्चात बर्षेनि अबरुद्ध भएको राजमार्ग सञ्चालनका लागी सडकमा थुपारेको डस्ट पुनह सडक किनारमा थुपारेर राखेको दुश्य हामीले स्थलगत रुपमा अवलोकन गर्दा देख्यौं । गत शुक्रवार सारा खबर डटकमका सञ्चालक सहित नमोबुद्ध न्यूजका टिम लास्कोट बेशीमा पुगेको केही समयमा नै सिमसिमे झरी पर्न शुरु भयो, लगभग २ घण्टा जत्ति झरि परेपश्चात हाम्रै आंखा अगाडी क्रसरको अनुपयोगी बस्तुहरु लेदोको रुमा सडकमा थुप्रिन थाल्यो र केही बेरमै सडक अबरुद्ध हुन थालेको दृश्य हामीले भिडियो सामाग्रीको रुपमा प्रस्तुत गरेका थियौं ।

उक्त दृश्य हामीले देखिरहंदा सिन्धुपाल्चोकको कहालीलाग्दो त्यो कालो दिनको दृश्य आंखा अगाडि झलझलि देख्न थाल्यो र त्यो सानो सुन्दर लास्कोट बजारको अवस्थाको बारेमा सोच्न थाल्यौं । त्यही बेला एउटा स्काभेटरले २/४ बकेट माटो पन्छाएर फाले पश्चात अबरुद्ध भएको सडकमा यात्रा गर्ने यात्रुहरुलाई यात्रामा केही सहजता मिलेको दुश्य हामीले सार्वजनिक गरेका थियौं । यस्तो दृश्य त बर्षातको समयमा उक्त क्रसरको दाया र बायां दुवै स्थानमा देख्न सक्छौं ।

हामीले तयार पारेको त्यो सानो भिडियो सामाग्री त एउटा सानो प्रतिनिधिमुलक दृश्य मात्र हो । यो भन्दा ३ बर्ष अगाडी उक्त क्रसरको अव्यवस्थापनकै कारण कृषकहरुले रोपाई गरिसकेको खेत हेर्दा हेर्दै बगरको रुपमा परिणत भएको थियो । हामीले कृषकहरुलाई सोधेको बेलामा कृषकहरु हातभरिको ठेला देखाउंदै गह भरि आंशु पार्दै खेतको त्यो अवस्था हेर्न नसक्ने अवस्था थियो । पटक पटकको अनुरोधमा क्रसर सञ्चालकले बगर बनेको खेत पुर्ण रुपमा खेतीयोग्य जमिन बनाउने मौखिक प्रतिबद्धता गरेपनि अहिले सम्म उक्त खेतहरु बगर नै बनिरहेको अबस्था छ । कृषकहरुले गत साल पनि आफ्ना खेतमा बालि लगाउन पाएनन् भने यो बर्ष पनि त्यस्तै अवस्था रहेको स्थानियको गुनासो रहेको छ ।

२ बर्ष अधि देखी बगरको रुपमा परिणत भएको खेतमा बाली लगाउन त मिलेन तर त्यो भन्दा तलतिर रहेको खेतहरुमा समेत रोपाईको लागी बनाएर राखेको पक्कि ढलान कुलो भत्किएको र ठाउं ठाउंमा फुटेको कारण खेतसम्म पानी पुर्याउन धेरै नै कष्ठ सहनु पर्ने अवस्था रहेको स्थानीय कुषकहरु बताउंछन् ।

अहिले क्रसर यद्योग बन्द अवस्थामा रहेको छ । स्थानीयलाई समस्या भने अझै पनि कायम नै रहेको छ तर स्थानीय सरकार र क्रसर सञ्चालक यो बेला मौन रहेको छ । बर्षातको बेलामा कुन बेला बांकी रहेको खेतहरु पनि गत साल झै बगर बन्ने हो भन्ने डरले दिनरात सताएको एक कृषकले बताएको छ । क्रसर सञ्चालन हुंदा लास्कोट बेशी लगायतका बस्तीहरुमा बसोबास गर्नेहरुले न त रेडियो सुन्न नै सकिन्छ न त टेलिभिजन नै हेर्न सकिन्छ । क्रसरको ठुलो आवाजले गर्दा फोन आउंदा धरि संवात गर्न समस्या रहेको कुरा हामीले नजिक बाट बुझ्यौं ।

चर्को घाममा खटेर बाली लगाएको हुन्छ क्रसरको धुलोको कारण बाली नै सबै माटोको रुपमा परिणत हुन्छ । पहिलेको तुलनामा क्रसरको धुलोको कारण बाली उब्जाउमा धेरै नै कमि आएको स्थानीय कृषकहरु बताउंछन् । यी सबै समस्या हरु नजिक बाट नियालेर हेर्दा उक्त क्रसरको कारण स्थानियहरुले दैनिक जिवनयापन देखी खेती किसान गर्न समेत समस्या झेल्दै आएको कुरा सहजै बुझ्न सकिन्छ ।

जिल्ला समन्वय समितिको अनुगमनको रिपोर्टको साथमा उद्योगको हालको अवस्था सहितको समाचार अर्को चरणमा ।

केही दिन अगाडि मात्रैको क्रसर आसपासको दृश्य :

केही दिन अगाडि मात्रैको क्रसर आसपासको दृश्य :

२ बर्ष अगाडि यसरी बगर बनाएको थियो कृषकको धानबाली लगाई सकेको खेत । अझै पनि बगरकै रुप देख्न सक्छौं ।

२ बर्ष अगाडि यसरी बगर बनाएको थियो कृषकको धानबाली लगाई सकेको खेत । अझै पनि बगरकै रुप देख्न सक्छौं ।

यो समाचार अनि भिडियो सामाग्री तपाईलाई कस्तो लाग्यो ? कृपया तल प्रतिकृया दिनुहोस ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्