16.8 C
Kathmandu

ब्रेकिङ समाचारयुद्ध लामा ब्लोनद्धारा निर्देशीत तामाङ प्रेमगीत 'सेम्जो' बजारमा (भिडियो सहित)

युद्ध लामा ब्लोनद्धारा निर्देशीत तामाङ प्रेमगीत ‘सेम्जो’ बजारमा (भिडियो सहित)

१४ असार २०७८/छेडुप तामाङ
काठमाडौ
। बिश्वमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण न्यूनिकरणका लागी नेपाल सरकारले लागु गरेको निषेधाज्ञाको बाबजुद पनि तामाङ गीतसंगीतको बजारमा छिटपुट रुपमा म्युजिक भिडियोहरु सार्वजनिक भएका छन् ।

यसै क्रममा शनिबार आरिशा योञ्जनको प्रस्तुतिमा तामाङ प्रेमगीत ‘सेम्जो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा शब्द अजेस लामाको रहेको छ भने पछिल्ला समयमा निक्कै नै हिट गीतहरु दिन सफल युवा संगीतकार सानुबावु घिसिङको संगीत रहेको छ । यस गीतमा स्वर चर्चित सेलो गायीका जितु लोप्चान र कोसिश थोकरको रहेको छ ।

निशेधाज्ञाको कारण माया प्रेममा रहेका युगल जोडीहरु एक अर्कामा भेटघाट गर्न नसकेको यो बिषम परिस्थितिमा बिल्कुलै माया प्रेममा आधारित प्रेम गीत बुद्धलिङ मिडिया प्रोडशन मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो तर्फ यस गीतको निर्देशन युद्ध लामा ब्लोनको रहेको छ भने अभिनय निर्देशकद्धय युद्ध लामा ब्लोनको साथमा टिकराज तामाङ र पुस्पाञ्जलि लोप्चानको रहेको छ । भिडियोको छायंकन तथा सम्पादन सुमन तामाङको रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्