19.1 C
Kathmandu

ब्रेकिङ समाचारउपत्यकामा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु

उपत्यकामा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु

१४ असार २०७८
काठमाडौ
। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा माथीका सार्वजनिक सवारी साधन सोमबारदेखि जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिएको छ । सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ भने अन्य साना सार्वजनिक सवारी साधनको हकमा नयाँ निर्णय गरिसकेको छैन ।

खाद्यन्न पसल सोमबार देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यन्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

हाल उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा तथा व्यापार व्यवसाय बारको आधारमा सञ्चालन हुँदै आएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्