30.1 C
Kathmandu

ब्रेकिङ समाचारओलीले बोलाएको आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने

ओलीले बोलाएको आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने

१३ असार २०७८
काठमाडौ
। एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १६ गते बोलाएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने भएको छ । पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको जनाएको छ ।

एमाले विवाद समाधानका लागि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेका बेला अध्यक्ष ओलीले आफु पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्