17.1 C
Kathmandu

ब्रेकिङ समाचाररोशी गाउँपालिकाले ६४ करोड ४३ लाख ३१ हजार को बजेट सार्वजनिक

रोशी गाउँपालिकाले ६४ करोड ४३ लाख ३१ हजार को बजेट सार्वजनिक

११ असार २०७८/छेडुप तामाङ

काठमाडौ । काभ्रेको रोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिका अध्यक्ष डिबी लामाले नवौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँ पालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ४३ लाख ३१ हजार को बजेट सार्वजनिक गरेका छन् ।
आगामी आवको लागि आन्तरिक आयबाट एक करोड २८ लाख ६० हजार, राजस्व बाँडफाँडबाट १४ करोड ७४ लाख ९७ हजार, संघिय सरकार समानीकरणबाट १० करोड ८७ लाख, सशर्त, विशेष, समपुरक अनुदान ३१ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार र प्रदेश सशर्त, समपुरकविषेशबाट ५ करोड ६३ लाख ५ हजार प्राप्त हुनेछ । गाउँपालिकाले भौतिक पूर्वधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पूर्वधार विकास तर्फ आगमी आर्थिक बर्षमा गाउँपालिकाको स्थाई भवन निर्मााण गर्ने र रोशी गाउँपालिकामा निर्माणाधिन औद्योगिक ग्राम तथा १० वेडको अस्पतालको निर्माणको लागि आवश्यक बजेट तथा संस्थागत संरचनाको सुनिश्चितता गर्ने लागएतको कार्यक्रम समाबेस गरिएको छ ।

त्यस्तै पूर्वधार विकास तर्फ नै गाउँपालिकाका सबै बस्तीहरु सडक सञ्जालबाट जोडिनको लागि बजेट विनियोजनमा प्राथमिकता दिने कार्ययोजना रहेको पनि उनले बताएका छन् । त्यसै गरि आर्थिक विकास तर्फ कृषि, उद्योग, वाणिज्य, पर्यटन,सहकारी र वित्तिय क्षेत्रमा पनि आगमी आर्थिक वर्षका लागि रोशी गाउँपालिकाले विशेष नीति तथा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष लामाले बताए ।
रोशीको दृष्टि पर्यटन र कृषि भन्ने मुल नारालाई सापेक्ष तुल्याउन कृषि उत्पादन वृद्धिको लागि विभिन्न कार्यक्रम ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै पर्यटकिय क्षेत्रको रुपमा रहेको तिनधारे झरना संरक्षण तथा डम्फु जिवन्त संग्राहलय निर्माण कार्यलाई आगमी आर्थिक वर्षमा दु्रतगतिमा गरिने पनि गाउँपालिका अध्यक्ष लामाद्धारा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरि संस्थागत विकास तर्फ गाउँपालिका र वडा कार्यालयहरुमा नियमित सार्वजनिक सुनुवाई गर्ने, समग्र क्षेत्रको सुचना लाई अद्यावधिक र व्यवस्थित गर्ने,सबै वडा कार्यलयमा इन्टरनेटको पहुँच पूरा गर्ने निति तथा कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्