30.1 C
Kathmandu

कला/ साहित्यपरिचय-टिपी शर्मा तिमल्सिना

परिचय-टिपी शर्मा तिमल्सिना

परिचय

——

झूटो बोल, अथवा सत्य
तीतो बोल, अथवा मीठो
प्रेम गर, अथवा घृणा
गम्भीर बन, अथवा उग्र
धेरै बोल, अथवा थोरै
रिस देखाउ, अथवा माया
कोमल बन, अथवा कठोर
शत्रुता देखाउ, अथवा मित्रता
अहंकारी बन, अथवा सहचारी।

सोच्न, बोल्न र गर्न तिमी स्वतन्त्र छौं।

तर, तिमीले बोलेका
सोचेका
गरेका
र तिम्रा सबै क्रियाकलापले
तिम्रो आफ्नै परिचय दिइरहेको हुन्छ।

  • शनिबार, ५ असार २०७८

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्