23.1 C
Kathmandu

ब्रेकिङ समाचारविपदको बेलामा एकले अर्काको घाउमा मल्हम लगाउने हो : टिपी शर्मा तिमल्सिना-मेयर...

विपदको बेलामा एकले अर्काको घाउमा मल्हम लगाउने हो : टिपी शर्मा तिमल्सिना-मेयर नमोबुद्ध नगरपालिका

३ असार २०७८/छेडुप तामाङ
काठमाडौ
। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोला र इन्द्रावती खोलामा गत मंगलबार राती आएको भिषण वाढीका कारण मेलम्ची बजार लगायत नदिको तटीय क्षेत्रहरुमा वसोवास गर्ने नागरिकहरुको घरवास एंव धनजनको ठूलो क्षति पुगेको छ ।

यस विषम परिस्थितिमा सबैको ध्यान सिन्धुपाल्चोक तिर लागेको छ । सबै सामाजिक अभियान्त,देश बिदेशमा रहेका नेपालीहरु एक आपसमा जुटेर मेलम्चिबासिको घाउमा मलम लगाउन तर्फ लागेका छ्न ।

यसै क्रममा पीडित नागरिकहरुको दु:ख पीडामा नमोबुद्धलाई पनि दुखेको छ । मेलम्ची वासिमा पुगेको क्षतिमा थोरै भए पनि राहत मिलोस भन्ने उदेश्यले नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलव तथा विपत कोषबाट थप गरी रु.३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्ने निर्णय हिजो भएको थियो ।

“विपदको बेलामा एकले अर्काको घाउमा मल्हम लगाउने हो । सिन्धुपाल्चोकमा घटेको दुःखद् घटनाले नमोबुद्धवासिको मन दुखेको छ । मेलम्चिवासिको दुःखमा मल्हम लगाउन म आफै स्वयं घटनास्थलमा पुग्न नसकेपनी प्रमुख प्रशासकिय अधिकृत राजन पौडेललाई आज बिहानै चेक हस्तान्तरणको लागि मेलम्ची पठाएको छु ।” नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भने ।

सिन्धुपाल्चोक पुगेका प्रमुख प्रशासकिय अधिकृत सहितको टोलीले चेक सहित खाध्यन्न सामाग्रीहरु पनि साथमा लगेका थिए । नगरप्रमुख तिमल्सिनाका अनुसार पिडीत परिवारका लागी रु.३ लाख ३ हजार ३ सय ३३ रुपैयाँको चेक सहित ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल, र २० किलो नुन मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्