23.1 C
Kathmandu

ब्रेकिङ समाचारसिन्धुपाल्चोकमा बाढीका कारण ५० भन्दा बढी बेपत्ता ६ पुल भत्किए

सिन्धुपाल्चोकमा बाढीका कारण ५० भन्दा बढी बेपत्ता ६ पुल भत्किए

२ असार २०७८
काठमाडौ
। सिन्धुपाल्चोकको मेलम्चिमा अविरल वर्षाका कारण आएको बाढीले ५० जना भन्दा बढी मानिस बेपत्ता भएका छ्न भने ६ वटा पुल पुर्ण रुपमा ध्वस्त बनाएको छ ।

बाढीले मेलम्ची खानेपानी ड्याम क्षेती पुर्याउनुको साथै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल पुर्ण रुपमा बगाएको छ ।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर बाढीले अरबौंको क्षति भएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सामाजिक संजालमार्फत जानकारी दिएका छ्न ।

मन्त्री तामाङले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेका छ्न भने सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्ने तयारिमा रहेको बताएका छ्न । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गगर्दै अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन समेत अनुरोध गरेका छन ।

मन्त्री तामाङका अनुसार आजै घटनास्थलको आजै निरिक्षण हुनेछ । खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन मन्त्री तामाङले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत अपिल गरेका छ्न ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्