23.1 C
Kathmandu

ब्रेकिङ समाचारचौंरीदेउरालीले अक्सिजन प्लान्टको लागि रु. १० लाख विनियोजन, अध्यक्ष गौतमद्वारा गाउँबासीमा सहयोगको...

चौंरीदेउरालीले अक्सिजन प्लान्टको लागि रु. १० लाख विनियोजन, अध्यक्ष गौतमद्वारा गाउँबासीमा सहयोगको अपिल

१ असार २०७८
काठमाडौ ।
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि उक्त रकम विनियोजन गरिएको हो । 
प्लान्ट निर्माणका लागि गाउँपालिकाले मात्र नसक्ने भएकोले प्लान्ट निर्माणका लागि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँबासीमा सहयोगको अपिल समेत गरेका छन् । 
गाउँबासीलाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना उपचारको लागि प्राणवायु (अक्सिजन) अति नै आवश्यक रहने र महामारीको संक्रमण तिव्र रुपले फैलँदा अक्सिजन प्राप्त गर्न असाध्यै कठिन भएको हाम्रो आफ्नै प्रत्येक्ष अनुभवले हामीले संचालन गरेको अस्पतालको लागि अक्सिजन प्लान्ट नै राख्नु पर्ने अनिवार्य आवश्यकता ठहर गरेको हुँदा गाउँपालिकाले रु १०,००,०००। (अक्षेरुपी दश लाख मात्र) खातामा विनियोजन गरी जनस्तरबाट समेत सहयोग लिने र अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय समेत गरिसकेकोले देश विदेश र गाउँमै समेत रहेर विभिन्न पेशा व्यवसाय गरिरहनु हुने सहयोगी मनका दाजुभाई, दिदीबहिनीहरु, शिक्षक, कर्मचारी, बुद्धिजीवि, निर्माण व्यवसायी, व्यापारी, उद्योगी लगायत विभिन्न सामाजिक संघ संस्थाहरु सबैबाट आ–आफ्नो क्षमता र हैसियत अनुसारको जे जति सकेको सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’ 
यस अघि गाउँपालिकाका देश विदेशमा रहेका गाउँबासीसँग जुम मिटिङ गरी प्लान्ट स्थापना गर्न गाउँपालिका अध्यक्ष गौतमलाई सुझाव दिनुको साथै सक्दो सहयोग गर्ने बचन दिएका थिए । 
स्तो छ गाउँपालिका अध्यक्ष गौतमले गाउँबासीको नाममा जारी विज्ञप्ति
चौंरीदेउराली गाउँपालिकाबासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
यतिवेला सिंगो मानव जातिमाथि प्राणघातक कोभिड–१९ कोरोना महामारी संक्रममणले भीषण आक्रमण गरिरहेको छ । विश्व मानव जाति यो महामारीसँग निर्णायक लडाई लडी रहेको वर्तमान परिस्थितिमा हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यसबाट भागेर भाग्न पनि नसकिने र लुकेर पनि लुक्न नसकिने हुँदा सावधानी पूर्वक यसैसंग संघर्ष गरी विजय हासिल गर्नुको विकल्प हामीसँग रहेन । यो निर्णायक संघर्षमा जीत हाँसिल गर्नका लागि हामी सबैको एकताबद्ध साथ र सहयोग विना सम्भव छैन । 
अहिलेसम्म हामीले सकेसम्म हामीसँग भएका स्रोत र साधनको भ्याएसम्म अधिकत्तम प्रयोग र परिचालन गरी कोरोना रोकथाम नियन्त्रण र उपचार गरिरहेका छौं र गरी रहने छौँ । हामीलाई देश विदेशबाट समेत दयालु मनकारी दाताहरुबाट आवश्यक स्वास्थ्य सामाग्रीहरु प्राप्त भइरहेका छन् र अझै प्राप्त हुने छन् भन्ने अपेक्षा पनि गरिरहेका छौँ । 
कोरोना उपचारको लागि प्राणवायु (अक्सिजन) अति नै आवश्यक रहने र महामारीको संक्रमण तिव्र रुपले फैलँदा अक्सिजन प्राप्त गर्न असाध्यै कठिन भएको हाम्रो आफ्नै प्रत्येक्ष अनुभवले हामीले संचालन गरेको अस्पतालको लागि अक्सिजन प्लान्ट नै राख्नु पर्ने अनिवार्य आवश्यकता ठहर गरेको हुँदा गाउँपालिकाले रु १०,००,०००। (अक्षेरुपी दश लाख मात्र) खातामा विनियोजन गरी जनस्तरबाट समेत सहयोग लिने र अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय समेत गरिसकेकोले देश विदेश र गाउँमै समेत रहेर विभिन्न पेशा व्यवसाय गरिरहनु हुने सहयोगी मनका दाजुभाई, दिदीबहिनीहरु, शिक्षक, कर्मचारी, बुद्धिजीवि, निर्माण व्यवसायी, व्यापारी, उद्योगी लगायत विभिन्न सामाजिक संघ संस्थाहरु सबैबाट आ–आफ्नो क्षमता र हैसियत अनुसारको जे जति सकेको सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गरेका छन् । 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्