24.1 C
Kathmandu

ब्रेकिङ समाचारपूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

३० जेठ २०७८


काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्