२७ जेठ २०७८/ छेडुप तामाङ
काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपािलका वडा नंं. ५ ले वडवासी कृषकहरुलाई ८० प्रतिसत अनुदानमा बाख्रा वितरण गरिने भएको छ । यस कार्यक्रम नगरपालिकाको बाख्राको साना वयवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बिकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई ८० प्रतिसत अनुदानमा बाख्रा वितरण गर्न लागेको वडा सचिव राम चन्द्र श्रेष्ठले एक सुचना प्रकाशित गरि जानकारी दिएको हो ।
यस कार्यक्रममा लक्षित वर्ग र एकल महिलालाई बिशेष प्राथमिकता दिने भएको छ भने ईच्छुक कृषकहरुले तोकिएको ढांचामा निवेदन, नेपाली नागगिरकताको फोटोकपि सहित ५ दिन भित्र वडा कार्यलयमा निवेदन दिनु पर्नेछ ।
यस अघि वडाध्यक्ष बुद्ध सिं तामाङले खेतीपातीको समयलाई ध्यानमा राखेर निषेधाज्ञाको बावजुत पनि कृषकहरुलाई कृषि औजार वितरण गरेका थिए ।