17.1 C
Kathmandu

ब्रेकिङ समाचारसंसद विघटनपछि देउवाले डाके आकस्मिक बैठक, काँग्रेसको रणनीति के होला ?

संसद विघटनपछि देउवाले डाके आकस्मिक बैठक, काँग्रेसको रणनीति के होला ?

८ जेठ २०७८
काठमाडौ
। मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपश्चात प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।

उक्त निर्णयको काँग्रेस नेताहरुले चर्को विरोध गरेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ । बैठकपछि देउवाले विपक्षी दलका नेतासँग पनि आफै छलफल गर्ने बुझिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्