30.1 C
Kathmandu

ब्रेकिङ समाचारमहन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

३० बैशाख २०७८
काठमाडौं
। नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ ।

वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् ।
देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए ।

जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उनले स्पष्ट पारेको स्रोतले जनाएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने जसपा नेपालका अध्यक्ष ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरिएको र उनले पार्टीमा छलफल गरेर जवाफ दिने बताए ।


जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव गरेको उनको भनाइ छ ।भने देउवाको यस्तो प्रस्ताव राखेपछी अध्यक्ष ठाकुरले यस्ता कुराहरु बर्षौंदेखी सुन्दै आएको र माग पूरा हुनेमा कुनै निश्वास नरहेको जवाफ फर्काएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्