23.1 C
Kathmandu

ब्रेकिङ समाचारकपनमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट

कपनमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट

२९ बैशाख २०७८
काठमाडौं
। बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपन बालुवाखानीमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट गरिएको छ । बालुवाखानीस्थित साप्रेढुंगा नजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया महिलालाई चक्कु हानेर रेमिटबाट १ लाख ४ हजार नगद लुटपाट भएको बताइएको छ ।

लुटपाटमा संलग्न कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष विष्टलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लुटपाटमा संलग्न आरोपी कपन नजिकै भंगालमा बस्छन् । चक्कु प्रहारबाट घाइते भएकी रेमिट संचालिकाको भंगाल करुणा अस्पतालमा उपचार भइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्