26.1 C
Kathmandu

ब्रेकिङ समाचारआन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ

आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ

२७ बैशाख २०७८

काठमाडौ । आफ्नै पार्टीका सांसदहरुको समेत साथ नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् ।

आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ छ । उनले हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न पनि भनेका छन् ।सोमबार बिहान ट्वीट गर्दै ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

संसदमा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो । सोही समयमा बसेको माधव नेपाल पक्षका सांसदहरुको बैठकले भने प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

संसद बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । सो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्