28.1 C
Kathmandu

ब्रेकिङ समाचारओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेपाल पक्षको निष्कर्ष

ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेपाल पक्षको निष्कर्ष

२७ बैशाख २०७८

काठमाडौ । बर्तमान ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेकपा एमालेको माधव कुमार नेपाल पक्षले निष्कर्ष निकालेको छ ।
नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेका हुन्। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले जानकारी दिएको छ। ‘हामीले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेका छौं, त्यसका लागि बन्ने काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनमा हाम्रो साथ रहन्छ’, उनले भने ।

सोही रणनीतिका साथसाथै आज केही सांसदले राजीनामाबारे असन्तुष्टि समेत जनाएपछि हाललाई राजीनामा टरेको बताइएको छ । यसबारे थप रणनीति बनाउन अझै पनि केही सांसदहरु छलफलमा रहेको बताइएको छ ।

आजको बैठकले ओलीलाई विश्वासको मत दिन संसद बैठकमा नजाने र राजीनामा पनि तत्काल नदिने निर्णय भएको चौधरीको भनाइ छ। बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै बीचमै बैठकबाट बाहिरिएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्